यस्तो छ आजको विनिमय दर

प्रचण्ड भन्छन् : पार्टीका  ४९  सांसदले नै मन्त्री खोजे, म तनावमा छु 

 

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई मन्त्री बनाउन भन्दै पार्टीका सबै सांसदको दबाब आएको बताउनुभएको छ । 

 कम्युनिष्ट नेता नरबहादुर कर्माचार्यको ८ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले आफुहरुको भागमा धेरै भए ७ मन्त्रालय आउने भएपनि पार्टीका  ४९ जना सांसदले नै मन्त्रीको दाबी गरेको बताए । 

मन्त्री बनाउन धेरै दबाब आयो, बनाए काम गर्छन्, नबनाए सराप्छन् । दाहालले भन्नुभयो–‘हामीले धेरै पायौँ भने ७ जनासम्मलाई मन्त्री बनाउन पाउने हो । यहाँ मन्त्री पाइएन भने नेतृत्वलाई सराप गर्ने, मन्त्री पाए मात्र काम गर्ने प्रवृत्ति अहिले जबरजस्त रूपमा विकास भएको छ । या ठुलै नियुक्ति पायो भने ठिक छ, पाएन भने नेतृत्व बदमासै हो भन्ने प्रवृत्ति छ । तीन चार दिनदेखि म निकै मानसिक तनाव भित्र छु ।  मलाई त ४९ जनालाई नै मन्त्री बनाइदिन पाए हुन्थ्यो जस्तो लागेको त छ, पाइदो रहेनछ ।’ प्रचण्डले माओवादीभित्र अहिले पद चाहिने संस्कृति विकास हुँदै गइरहेको बताउनुभयो  । 

 

प्रकाशित मिति : ९ श्रावण २०७८, शनिबार  १२ : ५१ बजे