यस्तो छ आजको विनिमय दर

धर्ना बसेका पूर्वराष्ट्रपतिका छोराको माग तत्काल सुनुवाइ गर्न समितिलाई देउवाको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  धर्नामा बसेका पूर्व राष्ट्रपतिका छोरा सहित अन्य कार्यकर्ताको माग तत्काल सुनुवाइ गर्न क्रियाशील सदस्यता छानविन समितिलाई निर्देशन दिनुभएको छ ।

बुढानिलकण्ठमा शुक्रबार बसेको पार्टीको पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकमा प्रधानमन्त्री समेत रहनुभएका सभापति देउवाले धाँधलीरहित ढंगले अनसनरत नेता, कार्यकर्ताहरूको माग सुुनुवाई गरी शनिबारको पदाधिकारी बैठकमा पेश गर्न समितिलाई सचेत गराउनु भएको हो । पार्टी कार्यालयमा सानेपामा विगत छदिनदेखी पुर्वराष्ट्रपतिका छोरा डा.चन्द्रमोहन यादव आमरण अनसन बसेका छन् । क्रियाशील सदस्यता नवीकरण तथा वितरणमा धाँधली भएको र आवश्यक छानबिन गर्नुपर्ने माग राख्दै पार्टी कार्यालय सानेपामा उनी पटक पटक रिले अनसन हुँदै  आमरण अनसनमा बसेका हुन् । 

बैठकमा क्रियाशील सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले साउन १० गते आइतबार आफ्नो समितिको प्रतिवेदन पार्टीलाई बुझाउने तयारी गरिएको जानकारी दिनुभयो । बैठकमा केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले क्रियाशील सदस्यता छानविन समितिको प्रतिवेदन प्राप्त भएपछि मात्रै तल्लो तहको अधिवेशन सुरु गर्न सकिने भएकाले त्यसको मिति सार्न पदाधिकारी बैठकमा प्रस्ताव राख्नुभएको थियो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  ३ : १८ बजे