काठमाडौं । भोलिदेखि मध्यम र लामो दूरीको सार्वजनिक यातायात संचालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जारी निषेधाज्ञालाई थप खुकुलो तुल्याउँदै शनिबारदेखि लामो दूरीको सार्वजनिक यातायात खुलाउने निर्णय गरेको हो ।
काठमाडौं जिल्ला प्रशासन कार्यालयले लोकसेवा र विश्वविद्यालयका परिक्षार्थीको आवागमनलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।
प्रशासन कार्यालयले लामो दूरीमा यात्रा गर्ने ायत्रुलाई अनिवार्य टिकट काउन्टरबाट टिकट खरिद गरेर मात्र यात्रा गर्न भनेको छ । साउन ४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयानुसार लामो दूरीको यातायात खुला गरिएको प्रशासनले जनाएको छ ।
काठमाडौंको निषेधाज्ञाभने साउन १० गते मध्यरातसम्म कायमै छ ।
प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार ३ : १२ बजे
प्रतिक्रिया