साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

भक्तपुर – ९ र १२ वर्षीया बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको अभियोगमा मध्यपुर ठिमी नगरपालिका-९ बोडे टिकनी बस्ने ५४ वर्षीय पूर्ण राजबागलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही नगरपालिका-९ स्थित निलबाराही जंगलमा मादक पदार्थ सेवन गरी पूर्णले ती बालिकाहरुलाई यौन दुर्व्यवहार गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : १८ बजे