यस्तो छ आजको विनिमय दर

नेम्वाङ्गको आक्रोश , काँग्रेसका सांसदलाई ह्वीप लाग्ने, एमालेका सांसदलाई नलाग्ने यो कस्तो संसदीय मुल्य मान्यता हो ?

काठमाडौं । नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले  प्रधानमन्त्री शेरबहादुर देउवाले आफुलाई प्रधानमन्त्रीमा निर्वाचित गर्न आफना दलका सांसदलाई ह्वीप जारी गरेपनि एमालेमा ह्वीप नलाग्ने व्यवस्थाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।

प्रतिनिधिसभाको आजको बैठकमा नवनियुक्त प्रधानमन्त्री देउवालाई बधाई दिने क्रममा नेम्वाङले भन्नुभयो, ‘उहाँलाई बधाई दिन म उभिएको छु, बधाई दिँदा केही जिज्ञासा छन्,’ उहाँले भन्नुभयो, आफनो पार्टीभित्र अनुशासन चाहिने, आफनो पार्टीभन्दा बाहिर अनुशासन नचाहिने यो हो तपाईहरुको मान्यता ? आफनो पार्टीभित्र पाटीले निर्णय गर्नुपर्ने, एमालेको पार्टीभित्र पार्टीले होइन अरुले निर्णय गर्नुपर्ने ? हामीले कस्तो प्रणाली अपनाएका छौ ? नेम्वाङ्गको प्रश्न थियो । यो संसदीय प्रणालीको मुल्य र मान्यता के हो ? उहाँले भन्नुभयो, ‘हिजोअस्ति भर्खरै अचानक संसदको शुरु भएको दिन नै तर्पाइले आफना दलका सांसदलाई भोट हाल्न ह्वीप गर्नुभयो कि भएन ? माओवादी केन्द्रले पनि त्यसै गरयो, त्यो ह्वीप हो कि होईन ? यो अनुसार तपाईहरु आफना भित्र ह्वीप लगाउने अरुका भित्र चाहि काम नलाग्ने हो ? तपाईहरुले कस्तो कल्चर स्थापित गर्न खोज्नुभएको ? अदालतले यसरी नै चल्नुपर्छ, ह्वीप लाग्दैन, कारबाही हुँदैन भनेर जुन निर्णय गरेको छ त्यो संविधानसम्मत नभएको उहाँको टिप्पणी थियो । नेम्वाङ्गले भन्नुभयो, ‘हामी प्रत्येक कुरामा दृष्टिकोण प्रष्ट, यो गलत कुराका बारेमा हामी जनतालाई भन्छौ ।’ तर हामी अदालतको फैसलालाई कार्यान्वयन गछौ । त्यसैको परिणामले यो  नयाँ सरकार बनेको छ । तपाईलाई बधाई छ, नेम्वाङ्गले भन्नुभयो ।

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  २ : ०७ बजे