यस्तो छ आजको विनिमय दर

पार्टी एकताका निम्ती अध्यक्ष ओलीको लचकता

काठकाडौ । नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रिय कमिटीको बिहीबार सकिएको बैठकले पार्टी एकताका निम्ती अन्तिमसम्म प्रयास गर्ने निणर्य गरयो । आफ्नै अध्यक्ष नेतृत्वको सरकार ढालेर प्रतिपक्षका नेतालाई प्रधानमन्त्री बनाउने र विश्वासको मत दिने २२ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णयपनि अन्तिममा आएर स्थगित गरयो । पार्टीभित्र आन्तरिक विवादहरु हुन्छननै, तिनलाई विधि र प्रक्रियामार्फत सम्बोधन गर्नुपर्छ । तर त्यस विपरित आफ्नै पार्टीको सरकार ढालेर विपक्षीलाई प्रधानमन्त्री बुझाउने र त्यसको वातावरण निमार्ण गर्ने कार्य राजनीतिक दृष्टिकोणले अपराध नै हो । त्यही भएर एमाले अध्यक्ष तथा निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी बिरुद्ध अपराधपूर्ण कार्यगर्ने नेता र सांसदहरुलाई पार्टी बैठकले उचित कारबाही गर्ने बताउनुभएको थियो । त्यसअनुसार केन्द्रिय कमिटीको पहिलो दिनको बैठकमै २२ सांसदलाई पार्टीबाट किन निश्कासन नगर्ने भन्दै कारबाहिका लागि स्पष्टीकरण सोध्ने निर्णय भएको थियो । तर चार दिनपछि हिजो बिहीबार सम्पन्न बैठकले ती सांसदहरुलाई स्पष्टीकरण सोध्ने निर्णय गरेन । उल्टै अध्यक्ष ओलीले विगतमा गरेका पार्टी बिरोधी गतिविधि गर्नेहरुलाई आम माफिदिने र उचित जिम्मेवारी पनि दिने भन्दै एकताको आव्हान गर्नुभयो ।

बालुवाटारबाट बालकोट सरिरहँदा बार्दलीबाट पार्टीबिरोधी गतिविधिको नेतृत्व गरेका माधव नेपाललाई गद्धार भन्दै उहाँलाई एमालेमा कुनै स्थान नरहेको बताउनुभएको थियो । वास्तवमा माधव नेपालले पार्टीविरुद्ध गद्धारी गर्नुभएकै हो । तर ती सबै गतिविधिलाई बिर्सेर पार्टी एकताका निम्ती अध्यक्ष ओलीले देखाउनु भएको यो लचकताले उहाँ पार्टी एकताका निम्ती गम्भिर भएको संन्देश दिन्छ । ओलीको एकताका निम्ती प्रदर्शन गरिएको यो लचकतालाई यदि कमजोरी ठान्ने दृष्प्रयास गरियो भने त्यसले सकारात्मक परिणाम दिदैन । अध्यक्ष ओली जसरीपनि पार्टीलाई पुर्नसंगठित र एकिकृतगर्ने  प्रयासमा हुनुहुन्छ, त्यसको अर्थ माधव नेपाललाई निरन्तर पार्टीबिरोधी गतिविधि गरिरहने छुट छैन । अध्यक्ष ओलीले पार्टी एकताका निम्ती नेता नेपालसहित सबैलाई खुल्ला आव्हान गरेपछि पनि जसरी स्वयंम नेता नेपाल र ओलीसँग रहेका केही अतिवादी सांसद र कार्यकर्ता एकताबिरुद्ध निहित स्वार्थका निम्ती लागेका छन् । त्यसले वातावरणलाई थप प्रदुशित गर्छ । त्यसो त नेता नेपालले प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई जसरी भएपनि ओलीलाई एक्ल्याउँदै एमालेको ठुलो पंक्तिसहित सत्ता सहकार्य गर्ने आश्वासन दिनुभएको छ । त्यो आश्वासन हेर्दा नेता नेपालले एमाले नेताकै हैसियतमा पहिचान बनाइरहन गाहो छ । नेता नेपालले ठाने जस्तो एमालेको बहुमत हिस्सा त के एक तिहाइ हिस्सा समेत उहाँको साथमा हुनेछैन । किनकि पार्टी बिभाजित गर्ने तहमा पुग्दा नेता नेपाललाई केही लोभि पापीले साथ देलान तर इमान्दार नेता र कार्यकर्ता मुल नेतृत्वमै  र पार्टीमै समाहित हुनेछन् । नेपाललाई एमालेबाट अलग्याउन र एमाले फुटाउन प्रचण्ड र देउवाले भगिरथ प्रयास गर्नेछन् किनकी त्यसको प्रत्यक्ष राजनीतिक फाइदा काँग्रेस र माओवादी केन्द्रलाई हुन्छ । त्यसैले एमाले मिल्न नदिनु उनिहरुको एकमात्र अहिलेको प्राथमिकता देखिन्छ । माधव नेपालले सायद ओलीलाई तह लगाउछु भन्ने नाममा आफु उभिएको जग ध्वस्त पार्दे हुनुहुन्छ । 

अध्यक्ष ओलीको एकताका निम्ती सबैलाई गरिएको आव्हानलाई एमाले पुर्नःसंगठित र पुनएकिकृत हुने एउटा उपयुक्त अवसरका रुपमा माधव नेपालहरुले समेत लिनपर्छ । पार्टीका आम कार्यकर्ता र नेताको चाहनापनि एमालेको एकता नै हो । केही केही पैसाको बलमा पार्टीमा लागेका जनाधार नभएका र सत्ता र शक्तिको आडमा राजनीतिलाई धन्दा बनाएकाहरु ले आफना निहित स्वार्थका निम्ती एमालेको बिभाजन चाहेका छन् । सायद माधव नेपाल तिनीहरुकै चङ्गगोलमा पर्नुभएको छ । कुष्ठा र बदलाको राजनीतिले उहाँलाई के सहि के गलत भन्ने सोच्न समेत अवरुद्ध गरिरहेको छ । यदि वास्तवमै नेता नेपाल एमालेको एकता, विधि र पद्धति मार्फत पार्टी सन्चालन गर्न चाहनुहुन्छ भने अध्यक्षको आह्वानलाई सकारात्मक ठान्दै जेठ २ गतेकै संरचनामा फर्किएर पार्टी अघि बढाउन तयार हुनुपर्छ । होइन भने, राजनीतिक जीवनको उत्तरार्धमा माधव नेपालले कलंकको टीका लगाउनुपर्ने छ । 
 

प्रकाशित मिति : ८ श्रावण २०७८, शुक्रबार  १ : ३५ बजे