यस्तो छ आजको विनिमय दर

सानेपामा काग्रेंसकाे कचिङ्गल : धर्ना विरुद्ध देउवा पक्षले सुरु गर्‍यो काउन्टर धर्ना

काठमाडौं । नेपाली कांग्रेसको सानेपास्थित केन्द्रीय कार्यालयमा धर्नाको विरोधमा अर्को धर्ना सुरु भएको छ । 

 सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताले सदस्यता विवादमा भएको धर्नाको विरोधमा काउन्टर धर्ना सुरु गरेका हुन् । 

पार्टीको १४ औं महाधिवेशनमा नेतृत्व हत्याउने दाउँमा रहेका काग्रेंस भित्रका विभिन्न गुटउपगुटहरु यत्तिखेर आआफ्नो पक्षमा सदस्यता थप्ने होडबाजीमा छन् । जसकै कारण काग्रेंसमा यत्तिखेर कृयाशिल सदस्यताको विवाद  उत्कर्षमा छ । 

काग्रेंसको क्रियाशिल विवाद समाधान गर्नका लागि केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको केन्द्रीय क्रियाशील छानबिन समिति बनाए पनि त्यो समितिले विवाद नहेरी समस्या ज्युँ का त्युँ राखेर फाइल केन्द्रीय समितिमै फिर्ता गरेसँगै काग्रेंसका दुबई पक्ष आआफ्नो अडानमा छन् ।

 

बारा र सप्तरी जिल्लामा नयाँ क्रियाशील सदस्यता वितरणबारेको फाइल खोलिएको छैन। त्यसैले त्यो फाइल अध्ययन गरी क्रियाशील सदस्यताको टुंगो लगाउनुपर्ने माग एकाथरिको छ भने अर्को पक्ष भने ती फाइल खोले पनि मापदण्ड वेगर दिइएका क्रियाशील सदर गर्न नहुने पक्षमा छन्।

वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला पक्षका बारा जिल्लाका नेता– कार्यकर्ता केन्द्रीय कार्यालयको मुल ढोकामा धर्ना बसेको आज १२ दिन भएपनि उनीहरूका माग सुनुवाइ भएका छैन । 

एक पक्षको धर्ना जारी रहँदा आजदेखि पार्टी कार्यालयको प्रांगणमा पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता तथा कार्यकर्ताले अर्को धर्ना थालेका छन्। उनीहरूले टेन्ट टागेर धर्ना दिएका छन्। आजदेखि नेतातथा कार्यकर्तालाई त्यही भातभान्साको व्यवस्था छ।
पाँचदीनदेखि आमरण अनसनमा बसेका पूर्वराष्ट्रपतिको छोरा  छोरा डा.चन्द्रमोहन यादवको स्वास्थ्य अवस्था पनि गंभिर बन्दै गएको छ । यादवको सवासथ्य अवस्था कमजोर बन्दै गइरहेका बेला उता  बारा जिल्ला कार्यसमितिका सभापति जयचन्द्र चौरासियाको नृतृत्वमा काउन्टर धर्ना सुरु भएको हो ।  चौरासिया देउवा पक्षका नेता हुन्। उनीसँगै क्षेत्रीय सभापतिहरू र कार्यकर्ता करिब दुई सय जना पार्टी कार्यालयको आँगनमा धर्नामा बसेका छन्। आफूहरूले पठाएको फाइल क्रियाशील छानबिन समितिले अध्ययन गरेर सफ्टवेयरमा इन्ट्री गर्दै क्रियाशील सदर गरिदिनुपर्ने सभापति चौरासियाको माग छ । 

क्रियाशील छानबिन समितिले बारामा विवाद रहेको भन्दै यसबारे केन्द्रीय कार्यसमिति वा पदाधिकारीले निर्णय गर्नुपर्ने भन्दै क्रियाशील छानबिन कार्य स्थगित गरिदिएको छ।

‘जिल्ला कार्यसमितिले पठाएको क्रियाशीलको फाइल खोलेर सदर नगरेसम्म आफुहरु धर्नामा बसिरहने चौरासियाले बताए । आफ्नो जिल्लाबाट करिब एक हजार जना नेता तथा कार्यकर्ता धर्नाका लागि केन्द्रीय कार्यालयमा आउने पनि उनको बताए । चौरासियासँगै  बाराको निर्वाचन क्षेत्र नम्बर १, २, ३ र ४ का नेतारकार्यकर्ता कांग्रेस कार्यालयको प्रांगणमा धर्नामा बसेका छन्।

‘पार्टी कार्यालयको ढोकामा १२ दिनदेखि धर्ना दिएकाहरू भने नयाँ क्रियाशील थप गर्ने पक्षमा छैनन्। चार तहबाट सिफारिस भएकाहरूलाई मात्रै क्रियाशील सदस्यता दिइनुपर्ने माग उनीहरूको छ। यो धर्नाको नेतृत्व गरिरहेका छन्( पूर्वसांसद लालबाबु सिंह, रामअयोद्याप्रसाद यादव र पूर्वजिविस सभापति राजेन्द्र यादवले। उनीहरू वरिष्ठ नेता पौडेल पक्षका हुन्।यीमध्ये पूर्वसांसद लालबाबु सिंहको सदस्यता नवीकरण नै भएको छैन। कांग्रेसमा सदस्यता नवीकरण गर्ने काम जिल्ला कार्यसमितिको हो। धर्ना बस्नेमा नेविसंघका पूर्वसहमहामन्त्री राजेश रौनियार पनि छन्। वडाले क्रियाशील दिए पनि क्षेत्र र जिल्लाले आफ्नो क्रियाशील रोकिदिएको रौनियार बताउँछन्।

उनले विधि विधानविपरीत जताभावी रूपमा नयाँ क्रियाशील थप गर्न नहुने बताए।

कांग्रेस कार्यालयको पहिलो तलाको भित्री भागमा ५ दिनदेखि अनशनमा छन्– पूर्वराष्ट्रपति रामवरण यादवका छोरा चन्द्रमोहन यादव। उनीसँगै आमरण अनशनमा रामपल्टन साह र दिनेश नायक छन्। उनीहरूको स्वास्थ्य अवस्था बिग्रँदै गइरहेको छ। उता बाहिर चाैरमा अर्काे धर्ना सुरु भएसँगै काग्रेसकाे किचलाे केहीदिन लम्बिने पक्कापक्कि छ । 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : ४१ बजे