साफ यू–१७ च्याम्पियनसिप आजदेखि

किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा पक्राउ

अर्घाखाँची – १४ वर्षीया किशोरीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा सन्धिखर्क नगरपालिका-२ भलायडाँडा ठुलाखर्क बस्ने ५५ वर्षीय ईन्द्र बहादुर कुमाललाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सोही ठाउँस्थित जंगलमा बाख्रा चराउन गएको अवस्थामा कुमालले यौन दुर्व्यवहार गरेको तथा जबरजस्ती करणी उद्योग समेत गर्न खोजेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  ५ : ३५ बजे