‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रतिनिधिसभामा तीन वार्षिक प्रतिवेदन पेश

काठमाडौं । प्रतिनिधिसभामा  न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गर्नुभएको हो ।

 प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तवले उक्त समितिको वार्षिक प्रतिवेदन २०७७ पनि सदनसमक्ष पेश गर्नुभयो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत १८ गते अपराह्न १ बजे बस्नेछ ।

प्रकाशित मिति : १० चैत्र २०७७, मंगलबार  २ : ३३ बजे