यस्तो छ आजको विनिमय दर

अपमान  सहेर पार्टीमा बसिन्नँ : माधवकुमार नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीभित्र अपमान सहेर नबस्ने बताउनुभएको छ ।

नेकपा संस्थापक पुष्पलाल श्रेष्ठको ४३औं स्मृति दिवसको अवसरमा पुष्पलाल स्मृति प्रतिष्ठान चम्पादेवीमा बिहीबार बिहान आयोजना गरेको कार्यक्रममा बोल्दै नेपालले अब आफु एमालेमा नबस्ने संकेत गर्नुभएको हो । 

अपमान  सहेर पार्टीमा बस्न नसकिने बताउँदै नेता नेपालले आफूलाई जनैखटिराले दुःख दिएजस्तै पार्टीभित्र पनि विभिन्न घाउ खटिराले दुःख दिइरहेको बताउनुभयो ।
 

प्रकाशित मिति : ७ श्रावण २०७८, बिहिबार  १ : ४४ बजे