‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

सहायता कक्ष सञ्चालन

मोरङ – कोरोना सङ्क्रमितको उपचारमा सहजता ल्याउनका लागि साझा सवालका लागि साझा मञ्च (कोकन)ले हिजोदेखि यहाँ सहायता कक्ष (हेल्प डेक्स) सञ्चालनमा ल्याएको छ ।

कोरोना सङ्क्रमणको दोस्रो लहरले व्यापकता पाएसँग सङ्क्रमितहरुका लागि सहायता कक्ष सञ्चालनमा ल्याइएको कोकनका अध्यक्ष मञ्जिता उपाध्यायले बताउनुभयो ।

उपचार नपाएका सङ्क्रमितको अवस्थालाई ध्यानमा राखी समस्यामा परेकाहरुलाई सहायता कक्ष वा फोन नंं ९७४२३०६४६४ मा सम्पर्क गर्न आग्रह गरिएको छ । सहायता कक्षबाट विराटनगर महानगरपालिका क्षेत्रलगायत प्रदेशका अस्पतालले सङ्क्रमितको उपचार गर्न अस्वीकार गरेमा वा जनस्वास्थ्यसम्बन्धी प्रचलित कानून विपरीतका कार्य गरेमा पीडित वा प्रभावित व्यक्तिले सहायता कक्षमा सम्पर्क राख्न सक्ने उहाँले बताउनुभयो ।

सङ्क्रमितको उपचारसम्बन्धी गुनासोलाई कोकनका स्वयम्सेवकहरुले तत्काल सरकारी अधिकारीसमक्ष प्रस्तुत गरी आवश्यक कार्य गर्नका लागि ध्यानाकर्षण गराउने छन् । कोकनले महिला, बालबालिका र सीमान्तकृत समुदायको हकअधिकारको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको छ ।

 

प्रकाशित मिति : १४ बैशाख २०७८, मंगलबार  ७ : ०१ बजे