काग्रेस पार्टी दलाल, दारुभट्टि चलाउनेको हातमा पुुग्यो : अमरेश सिंह 

काठमाडौं । काँग्रेस नेता तथा प्रतिनिधिसभा सदस्य अमरेश कुमार सिंहले काग्रेंस पार्टी  ‘पार्टी दलाल, दारुभट्टि चलाउने, ठेकेदारी गर्नेको हातमा गएको भन्दै  राजीनामा दिन लागेको बताएका छन् ।  बुधबार उनले सांसद पदबाटै  राजीनामा दिने घोषणासमेत गरे   । सिंहले आजै आफूले पदबाट राजीनामा दिन लागेको बताए ।   ‘पार्टी क्रियाशिल सदस्यता, समायोजनलगायतका पार्टीका केही नेताहरुले चलखेल गरेको उनले आरोप लगाए । 
उनले आफूले बीपीलाई सम्झिँदै उनको स्मृति दिवस पारेर प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिन लागेको  बताए । त्यसका लागि आफू बालुवाटार जाँदै गरेको र पार्टी सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष राजीनामा बुझाउने  बताए ।  

सिंह सर्लाही क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य हुन् । 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ५७ बजे