नेपाल पक्षको बैठकमा उपाध्यक्ष रावल गएनन्

काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष भीम रावल माधव नेपाल समूहको स्थायी कमिटी सदस्यहरुको बैठकमा सहभागी हुनुभएन । 

नेता नेपाललाई कुनैपनि हालतमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन नहुने भन्दै आग्रह गर्नुभएका रावलको आग्रह माधव नेपालले नटेरेपछि उहाले सांसद पदबाटै राजिनामा दिनुभएको थियो ।  

रावलको राजीनामालाई लिएर एमालेभित्रै तरंग पैदा भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि यसबारेमा चासो राख्नुभएको थियो । उहाँले रावलललाई राजिनामा फिर्ता लिन आग्रह गर्नुभएको थियो । 

देउवालार्य विश्वासको मत दिने समय भन्दा अगाडी नेपाल पक्षमा उभिएका रावल एमाले विवाद समाधानका लागि गठित कार्यदलको सदस्य समेत हुनुहुन्थ्यो । उहाँसहित कार्यदलले एमाले एकताका लागि १० बुँदे सहमतिको प्रस्ताव तयार पारेपनि माधव नेपालले कार्यदलको प्रस्ताव अश्विकार गर्दै आइरहनुभएको छ ।  देउवालाई विश्वासको मत दिएर सत्ताामा पुर्याएको एमालेको नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको भेला आज बसिरहेको छ । आजको भेलालले अब कसरी अघि बढ्ने भन्नेबारे निर्णायक कदम चाल्ने भन्दै बोलाइएको बेठकमा नेता रावल नजानुलाई अर्थपूर्णरुपमा हेरिएको छ । 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : ३४ बजे