देउवा सरकार प्रति जनतामा चरम बितृष्णा र निराशा छ : थापा

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गठबन्धनबाट बनेको नयाँ सरकारबाट जनताले धेरै आशा र भरोसा नगरेको बताएका छन् ।शान्ति ,स्थिरता र समृद्धिको जनताको आशा बिपरित धर्मपरिबर्तन, बिदेशी चलखेल र भ्रष्टाचार ब्याप्त भएको भन्दै थापाले जनतामा निराशा र आक्रोश ब्याप्त रहेको बताएका हुन । आज राप्रपा मकवानपुरद्वारा हेटौंडामा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै थापाले गणतन्त्र ,धर्मनिरपेक्षता र संघीयता षड्यन्त्रमुलक ढंगले लादिएको समेत दाबी गरे ।

काङ्ग्रेस कम्युनिस्ट बिच बैचारिक,चरित्रगत,नितिगत भिन्नता नरहेको चर्चा गर्दै थापाले  काङ्ग्रेस कम्युनिस्टको बिकल्प राप्रपा मात्र हुन सक्ने बिचार ब्यक्त गरे । आन्तरिक बिग्रह र संघर्षबाट कम्युनिस्ट टुटफुट हुँदै कमजोर बनेको तथा काङ्ग्रेस कम्युनिस्टकै बैचारिक लाइनमा हिडेकोले मुलुकले बैकल्पिक शक्ति खोजिरहेको थापाको कथन थियो । नयाँ सरकार प्रती बिश्वासको बाताबरण नभएको जनतामा चरम बितृष्णा र असन्तोष भएको उनको भनाई थियो । 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ३ : ३१ बजे