दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने ५२ व्यवसायी कारवाहीमा

मोरङ – नागरिकको स्वास्थ्यमाथि खेलवाड गर्ने, बढी मूल्य लिने, र उपभोग्य मिति समाप्त भएर पनि  विक्री वितरण गर्दैआएका ५२ व्यावसायिक फर्म कारबाहीमा परेका छन् । 

वाणिज्य, आपूिर्त तथा उपभोक्ता संरक्षण कार्यालयद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा  आर्थिक वर्ष २०७७÷७८ मा २०२ व्यावसायिक फर्ममा अनुगमन गरिएकामा  सो सङ्ख्याका फर्ममा कारवाही गरिएको जानकारी दिइयो । तीमध्ये विराटनगरस्थित जैसानी ट्रेड कन्सर्न, विके मसला उद्योग सेन्ट्रल बजार प्रालि,  कटहरीस्थित अंश लघु घरेलु उद्योग बूढीगङ्गास्थित विज्ञान फर्मेसी र इटहरीस्थित विनिता सर्जिकल हाउस रु दुई लाख वा सोभन्दा बढी जरिवानामा परेका थिए  । 

ती फर्मबाट रु १९ लाख पाँच हजार जरिवाना असुल गरिएको  कार्यालयका निमित्त प्रमुख सन्तोष पोखरेलले जानकारी दिनुभयो । कार्यालयले आर्थिक वर्ष २०७६÷७७ मा २२ फर्ममाथि कारवाही गरी  रु नौ लाख २५ हजार जरिवाना गरेको थियो ।

    यसैबीच गत आर्थिक वर्षमा एक हजार ८३९ नयाँ फर्म दर्ता भएकामा    तीन हजार ३०६ फर्मको नवीकरण÷ संशोधन र दुईसय फर्म खारेजीमा परेको कार्यालयले जनाएको छ ।  यस प्रदेशको १४ जिल्ला कार्यक्षेत्रभित्र परे पनि विगतका वर्षमा मोरङमा मात्र कार्यालयले अनुगमन गर्दै आएकामा गत  आर्थिक वर्ष सुनसरी, झापा, धनकुटा, इलाम, पाँचथर र उदयपुर जिल्लाका व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।

 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : २३ बजे