दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

विद्यालय संरक्षणका लागि शिक्षकको सात दिनको तलब विद्यालय कोषमा

काठमाडौं । बाढीको कारण विद्यालयको भौतिक संरचना आंशिक रुपमा बगाएपछि बाकी संरचना सुरक्षित गर्न निरन्तर काम गरिहरेको तेर्से माध्यमिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीले आफुले खाइपाई आएको तलबभत्ता विद्यालय मर्मत कोषमा जम्मा गर्ने भएका छन् । विद्यालयमा कार्यरत २९ जना शिक्षक कर्मचारीहरुले जोखिमयुक्त रहेको विद्यालय संरक्षण तथा कक्षाकोठा ब्यबस्थापनका लागि ७ दिन बराबरको तलबभत्ता विद्यालयको कोषमा जम्मा गर्ने निर्णय भएको विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगानाले जानकारी दिनुभयो । 

विभिन्न क्षेत्रबाट भएको सहयोगमा ग्याविन जाली भरेर विद्यालयलाई थप क्षति हुनबाट जोगाउन विद्यालय लागिपरेको  विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष नील बहादुर शाहिले जानकारी दिनुभयो । अहिले विद्यालयको कोषमा विभिन्न ब्यक्ति, सघंसस्था, पूर्वविद्यार्थी अभिभावक लगायतले सहयोग गरिरहेका छन् । सबैको साथ र सहयोगले विद्यालयमा अहिले वैकल्पिक कक्षाकोठा र विद्यालय जोगाउनका निम्ति ग्याविन जाली लगाउने काम भइरहेको विद्यालयले जनाएको छ । सबैको साथ र सहयोगले उठ्दै गरेको विद्यालय उठाउनका निम्ति शिक्षक कर्मचारीले गरेको निर्णयले थप उर्जा मिलेको अध्यक्ष शाहिले बताउनुभयो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ११ : २७ बजे