दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

सिरहामा यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु , १३ यात्रु घाइते 

लहान। सिरहाको जिरोमाइल–बडियारपट्टी सहायक सडकअन्तर्गत धनगढीमाई नगरपालिका–५ सन्तनगरमा गए राति यात्रुबाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १३ यात्रु घाइते भएका छन् । 

जिरोमाइलबाट बडियारपट्टी जाने क्रममा बा२ख ७१ नंको बस पल्टिँदा बसमा सवार बरियारपट्टि गाँउपालिका–३ निवासी ३५ वर्षीय गणेश मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

तीव्रगतिमा गइरहेको बस अनियन्त्रित भई दुर्घटना हुँदा मुखियाको घटनास्थलमै मृत्यु भएको जनाएको छ । 

दुर्घटनामा परी घाइते भएका १३ जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ । 

दुर्घटनालगत्तै चालक फरार रहेकाले खोजीकार्य जारी रहेको जनाएको छ ।
 

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ८ : ५१ बजे