‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

मन्त्रिपरिषद् बैठक : अनिश्चितकाल सम्मका लागि विद्यालय बन्द, आन्तरिक उडान तत्काल नरोक्ने 

काठमाडौं । कोरोनाको दोस्रो प्रकोप भयावह बन्दै गएपछि मन्त्रिपरिषद् बैठकले अनिश्चितकालसम्म विद्यालय बन्द राख्ने निर्णय गरेको छ । साथै बैठकले सबै तहका परीक्षा रोक्ने र पठनपाठन भर्चुअल विधिबाट गर्न निर्देशन दिने निर्णय गरेको एक मन्त्रीले बताउनुभयो ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले सीसीएमसीले बैशाख १५ गतेदेखि आन्तरिक हवाई उडान रोक्न सिफारिस गरे पनि मन्त्रीपरिषद्ले अहिले यसबारे निर्णय नगरेको उहाँले बताउनुभयो । मन्त्रिपरिषद् बैठकले २०० संक्रमित नाघेका पहाडी जिल्लाहरूमा निषेधाज्ञा जारी गर्न जिल्ला संकट व्यवस्थापन केन्द्रलाई अधिकार दिएको छ । 

मन्त्रिपरिषद् बैठकले अन्तर्राष्ट्रि सीमा नाकमा कडाइ गर्ने, स्वदेश आएका नागरिकलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने, विदेशी नागरिकको हकमा होटलमा क्वारेन्टिनको व्यवस्था गर्ने निर्णय भएको उहाँले बताउनुभयो । 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ९ : १६ बजे