प्रभु साहको नेतृत्वमा ‘आइटी आर्मी’ गठन

काठमाडौँ – नेकपा एमालेका केन्द्रीय सदस्य प्रभु साहले 'आइटी आर्मी' नामको संगठन बनाउनुभएको छ ।

नेता साहका अनुसार १ सय ५१ सदस्य रहेको उक्त संगठनले आइटी (इन्फर्मेसन टेक्नोलोजी) क्षेत्र मार्फत पार्टीका विभिन्न गतिविधिहरू निगरानी गर्ने बताउनुभएको छ ।

नेता साह अनुसार उक्त संगठन घोषणा निवर्तमान प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले भक्तपुरको लोकन्थलीस्थित एक पार्टी प्यालेसबाट गर्ने जानकारी दिनु भएको छ ।

आइटी आर्मीका प्रदेश कमिटीहरू १०१ सदस्यीय प्रस्ताव गरिएको छ । यस्तै, जिल्ला कमिटी ५१ सदस्यीय तथा पालिका कमिटी ३३ सदस्यीय प्रस्ताव छ । ‘केही साथीहरूको सहयोग लिएर मेरो नेतृत्वमा आइटी आर्मी संगठन निर्माण गरिएको छ,’ साहले भन्नुभयो ।

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ४ : ५६ बजे