मन्त्रीको टुंगो लगाउन माधव नेपालसँग प्रचण्ड र उपेन्द्रको भेट

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालसँग नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भेट गरेका छन् ।

बिहान नेपाल निवास पुगेका प्रचण्डले आधाघण्टा बढी नेपालसँग भेटवार्ता गरेको स्रोतले बताएको छ। प्रचण्ड बाहिरिएपछि उपेन्द्र यादव नेपाल निवास प्रवेश गरेका थिए ।

मन्त्रिमण्डल विस्तारको सम्बन्धमा छलफल गर्न उनीहरुबीच भेटवार्ता भएको बताइएको छ ।
 

प्रकाशित मिति : ५ श्रावण २०७८, मंगलबार  ९ : ५७ बजे