बकर इदमा सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं– सरकारले बकर इदमा सार्वजनिक बिदा दिने भएको छ । सरकारले साउन ६ गते सार्वजनिक बिदा दिने भएको हो ।

आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।

नेपाल मुश्लिम संघले बकर इदमा बिदा दिन गृहमन्त्री बालकृष्ण खाँणलाई ज्ञापनपत्र बुझाएर हालै ध्यानाकर्षण गरेको थियो। नेपाल मुश्लिम संघका अध्यक्ष अब्दुल सतारलगायतले गृहमन्त्री खाँणलाई बकर इदमा बिदा दिनका लागि पहल गरिदिन आग्रह गर्नुभएको थियो ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ८ : १७ बजे