साफ यू–१७ च्याम्पियनसिप आजदेखि

जनता सचेत हुनुपर्छः शिक्षामन्त्री

चितवन – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मङ्गलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका श्रेष्ठले  भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “आजदेखि ए लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।” 

उहाँले एक हजार ८०० विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट  विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो “विधि र प्रक्रिया पु¥याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।” तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उहाँले थप्नुभयो “बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुप¥यो ।” परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, “सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।” हामी सबै मिलेर समाधानको बाटातिर जानाको विकल्प नरहेको उहाँले बताउनुभयो । निराश भएर नआत्तिन अनुरोध गर्दै उहाँले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्छ भन्नुभयो । 

 

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ५ : १७ बजे