देउवालाई मत दिने यी सांसदलाई सोधियो स्पष्टीकरण

काठमाडौं– नेकपा एमालेले पार्टी निर्णयविपरीत प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

ललितपुरस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा आज बसेको १०औं केन्द्रीय कमिटी बैठकले देउवालाई विश्वासको मत दिने नेता माधवकुमार नेपालसहित २२ सांसदलाई २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी निर्णय नमान्ने २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव राख्नुभएको थियो ।

विश्वासको मत दिने ओली पक्षका ८ सांसदमध्ये गोपाल (किसान) श्रेष्ठ, बिना बुढाथोकी र हीरा केसी छन् । नेता नेपालसहित जीवनराम श्रेष्ठ, कृष्णलाल महर्जन, विरोध खतिवडा, भवानी खापुङ, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, निरादेवी जैरु, कलिला खान, पुष्पाकुमारी कर्ण कायस्थ, सरला यादव, लक्ष्मी चौधरी र मेटमणि चौधरी थिए ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  २ : १३ बजे