एमालेको केन्द्रीय कमिटी बैठक सुरु, देउवालाई मत दिने २२ जनालाई कारबाही हुन सक्ने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । बैठक अहिले ११ बजे तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा बसिरहेको छ । आजको बैठकले माधव नेपाल सहित २२ जनालाई कारबाही हुन सक्ने नेताहरुको अनुमान छ । 

पार्टीका २२ साँसदले फ्लोर क्रस गरेर देउवालाई हिजो मत दिएका थिए  । आजको बैठकमा हिजो संसदमा प्रधानमन्त्री शेरबहादुर देउवाका पक्षमा भएको मतदानका बिषयमा व्यापक छलफल हुनेछ । स्थायी कमिटी बैठकले यसअघि पार्टीको निर्णय विपरित देउवाको पक्षमा मतदान गरेमा त्यस्ता साँसद एमाले हुन नसक्ने निर्णय गरेको थियो । पार्टी निर्णयको उल्लंघन गर्ने माधव नेपाल सहितका २२ जना साँसदलाई आजको केन्द्रीय कमिटी बैठकले कसरी सम्बोधन गर्छ भनेर चासोका साथ हेरिएको छ ।

 

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : ५५ बजे