साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रधानमन्त्री देउवाद्वारा कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकाबाट अनुदानमा प्राप्त कोरोना विरुद्धको जोन्सन एण्ड जोन्सन खोप लगाउने कार्यको शुभारम्भ गर्नुभएको छ ।

काठमाडौंको जोरपाटीस्थित नेपाल अर्थोपेडिक अस्पताल केन्द्रमा स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गरेर खोप कार्यक्रमको थालनी गर्नुभएको हो।

अमेरिकी खोप कार्यक्रम थालनी कार्यक्रममा नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी पनि उपस्थित हुनुहुन्थ्यो । यसका साथै प्रधानमन्त्री देउवाले नागरिकलाई खोप लगाउने केन्द्रहरुको पनि अनुगमन गर्नुभएको छ ।

प्रकाशित मिति : ४ श्रावण २०७८, सोमबार  ११ : ४१ बजे