महन्थ ठाकुरले देउवालाई भने,‘तपाई जनताद्धारा निर्वाचित प्रधानमन्त्री होइन, तरपनि हामी भोट दिन्छौं’ 

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् । ठाकुरले देउवालाई भने, ‘तपाई प्रधानमन्त्री त परमादेशले बन्नुभएको हो जनादेशबाट होइन तरपनि हामी विश्वासको मत दिन्छौ ।’

प्रतिनिधिसभामा बोल्दै पटक–पटक प्रधानमन्त्रीहरुलाई समर्थन गरे पनि जसपाले उठाएका माग पूरा नभएकोमा ठाकुरले गुनासो गरे । ‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । देशमा राजनीतिक अस्थिरता बढ्नुको मुख्य जड नै संविधान रहेको ठाकुरले बताए । ‘हामीले बारम्बार भनेका छौं कि संविधान नै गलत छ । राजनीतिक अस्थिरताको जड यही संविधान हो’, ठाकुरले भने ।

प्रधानमन्त्री देउवाले पत्र पठाएर समर्थन मागेको र माग पूरा गर्ने वचन दिएको भन्दै ठाकुरले अहिलेको संविधानबाट उत्पीडनमा परेकाले केही नपाउने आफ्नो ठहर रहेको बताए । 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ८ : ०९ बजे