‘नेशनल डे कन्सर्ट’ सम्पन्न

त्रिविका सबै परीक्षा स्थगित

काठमाडौँ । त्रिभुवन विश्विविद्यालयले दोस्रो लहरको कोरोना संक्रमणको कारण देखाउँदै अर्को सूचना जारी नभएसम्मका लागि सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको छ ।

सोमबार बसेको त्रिवि केन्द्रीय परीक्षा सञ्चालक समितिको बैठकले स्नातक र स्नातकोत्तर तहका पूर्वनिर्धारित वार्षिक तथा समेस्टर प्रणालीका सम्पूर्ण परीक्षा वैशाख १४ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको हो ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीले विज्ञप्ति जारी गर्दै देशका विभिन्न स्थानमा लकडाउन र निषेधाज्ञा हुने भएपछि त्रिविका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुका स्नातक र स्नातकोत्तर तहका संचालित भइरहेका र संचालनको प्रक्रियामा रहेका वार्षिक तथा समेस्टर प्रणालीका विभिन्न परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको उल्लेख गर्नुभएको छ ।

प्रकाशित मिति : १३ बैशाख २०७८, सोमबार  ४ : ३० बजे