राष्ट्रपति भण्डारीद्वारा संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज

 

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् सम्बन्धि अध्यादेश खारेज गर्नुभएको छ । मन्त्रिपरिषद्को साउन २ को सिफारिसअनुसार राष्ट्रपतिले उक्त अध्यादेश खारेज गर्नुभएको हो । 

मन्त्रिपरिषदको सिफारिस अनुसार संविधानको धारा ११४ को उपधारा (२) को खण्ड (ख) बमोजिम संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ खारेज गर्नुभएको  राष्ट्रपति कार्यालयले जानकारी दिएको छ ।

 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  ३ : १७ बजे