काठमाडौँ। नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेलाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ।
आज बसेको एमाले स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई पार्टीले विश्वासको मत नदिने र कसैले दिए पार्टीबाट हटाउने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।उहाँले भन्नुभयो, ‘देउवालाई विश्वासको मत दिनेहरु एमालेमा रहँदैनन् ।
तुल्सीलाला स्मृति प्रतिष्ठानमा बसेको एमालेको स्थायी कमिटी बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले एमालेले प्रतिपक्षीमा बस्ने र शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको जानकारी दिनुभयो । ‘बैठकमा हामीले विशेष गरेर आज भर्खर मात्रै थाहा पाएको प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिन लागेको विषयमा छलफल भयो । सदनको पहिलो बैठकमा विश्वासको मत लिने विषयले विभिन्न प्रश्नहरू जन्माएको छ । हामी प्रतिपक्षमा रहन्छौँ । सरकारलाई समर्थन गर्न सक्दैनौ । सरकारले माग्ने विश्वासको मतको विपक्षमा मतदान गर्नुपर्छ । पवार्टीका साथीरु र सम्भव भएका अन्य दलहरूसँग समेत छलफल गर्ने निर्णय गरेका छौं’,ज्ञवालीको भनाई थियो ।
स्थायी कमिटि बैठकअघि वरिष्ठ नेता माधवकुमार नेपालसँग समेत छलफल गरेको तर नेता नेपालले एक्लै भएपनि शेरबहादुर देउवालाई विश्वासको मत दिने बताउनुभएको ज्ञवालीले बताउनुभयो ।
बैैठकले नेता नेपाल पार्टी एकता जोगाउने पक्षमा नरहेको निष्कर्षसमेत निकालेको छ । प्रवक्ता ज्ञवालीले भन्न्ुभयो ,‘उहाँ पाटीलाइ एकताबद्ध जाने विषयमा इच्छुक देखिनुभएन । जनमतबाट नभएर फरक प्रक्रियाबाट आएको हुनाले सरकारप्रति समर्थन नरहनेकुरा हामीले बैठकबाट भनेका छौँ । आजको बैठकबाट वरिष्ठ नेता नेपाल वेग्लै कोर्षमा हिड्न प्रयास गरेको देखियो । तर साथीहरूले मेहनत चाँहि गरिरहनुभएको छ । १० बुँदे भइसकेपछि संस्थागत निर्णयले मिल्दैन ।’
प्रवक्ता ज्ञवाली पार्टीको निर्णय र निर्देशनविपरित देउवा सरकारको पक्षमा मतदान गर्नेहरू अब एमालेमा रहन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको संस्थागत निर्णयभन्दा बाहिर गए ती साथीहरू पार्टीभित्र रहनुहुन्न । निर्णयको अवज्ञा भयो भने पार्टीले थप निर्णय गर्छ ।’
एमालेले संसद बैठकको पहिलो दिनमै विश्वासको मत लिने सरकारी निर्णय एमाले विभाजन गराउन खेल भएको निष्कर्ष निकालेको छ ।
प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार २ : ५० बजे
प्रतिक्रिया