जसपा आधिकारिकता विवादमा आज सुनुवाइ हुँदै

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विवादमा आज सुनुवाइ हुँदै छ । निर्वाचन आयोगले जसपाको दुवै पक्षलाई आज आयोगमा बोलाएको छ ।

पार्टीको आधिकारिकता विवाद निरुपणका लागि राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३–४४ अन्तर्गत सुनुवाइ हुन लागेको हो । आयोगले सुनुवाइका लागि प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियकाको नेतृत्वमा आयुक्तहरुको ५ सदस्यीय इजलास गठन गरेको छ ।

जसपाको उपेन्द्र यादव पक्षले राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४४ अनुसार पार्टीको आधिकारिकता विवाद टुंग्याउन माग गर्दै आयोगमा निवेदन दिएको थियो । सो ऐन अनुसार दुवै पक्षलाई बोलाएर आयोगल असार २२ गते सहमति जुटाउने प्रयास गरेको थियो । तर, उक्त प्रयास असफल भएपछि सुनुवाइ प्रक्रिया थालिएको हो । 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ५१ बजे