प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिँदै

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले  पुनःस्थापित  प्रतिनिधिसभाको पहिलो बैठकमा विश्वासको मत लिनुहुने भएको छ। 

संविधानको धारा ७६ (५) अनुसार नियुक्त प्रधानमन्त्रीले नियुक्तिको ३० दिनभित्र प्रतिनिधि सभामा विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ। सोही व्यवस्थाबमोजिम प्रधानमन्त्री देउवाले आज अपराह्न ४ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिन लाग्नुभएको हो । 

 पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक आज बस्दै छ। 

प्रकाशित मिति : ३ श्रावण २०७८, आइतबार  १० : ०४ बजे