‘नेशनल डे कन्सर्ट’ सम्पन्न

कविता: लाल गद्दारहरू…..

आकाश गर्ज्यो,पानी दर्क्यो,देश रोयो

जन प्रेमी ,राष्ट्र भक्त सरकार ढल्यो

कम्फर्टेबलकाे खुसीयालीमा,

कोही लड्डु खाँदै होलान्

कोही आफ्नै घरमा आगो लगाएर

राप ताप्दै होलान्

 

अलिकता पनि लाज सरम नभएका नकचराहरू 

 काँग्रेसलाई सत्ता सुम्पने  स्वार्थी लाल गद्दारहरू

 कुन मुख लिएर आउँछौ गाउँ बस्तीहरूमा

 तिम्रा कर्तुत जनताले लिएका छन् मस्तिष्कमा 

 

लालगद्दारहरु हसिया हथौडा कुल्चेर

 चार ताराको कात्रो टाउकोमा बेरेर

 आफ्नै अध्यक्षलाई चौतर्फी घेरेर

 कम्फर्टेबलका लागि आफ्नै सरकार ढालेर

 

 मज्जा लिने कुपात्रहरू,

 धिक्कार छ तिमिहरूलाई नेता मानी हिडेकाेमा

 पश्चात्ताप छ तिमिहरूलाई भोट दिएकोमा

 कुन हैसियत रह्यो आफू कम्युनिस्ट  हुँ भनेर

 पाेईला गयौ शेर बहादुरको कार्यकर्ता बनेर

 आफ्नै पार्टीलाई सत्ता चुत गर्याै शकुनि भएर

  जनता पर्खेका छन्  कहिले आउँछौ भनेर

  आक्रोश भई बसेका छन् चुनावको दिन गनेर

 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ४ : २० बजे