सुनको मूल्यमा नयाँ कीर्तिमान

कोइराला परिवारको ‘लञ्च मिटिङ’ : सभापतिमा एक जना मात्र लड्ने सहमति

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा साझा उम्मेदवार तय गर्न भन्दै ‘लञ्च मिटिङ’मा बसेका कोइराला परिवारका तीन नेताबीच सभापतिका लागि एकजना मात्र मैदानमा उत्रने सहमति भएको छ।

कांग्रेस महामन्त्री शशांक कोइराला निवास महाराजगञ्जमा आज भएको भेटघाटमा शशांक, शेखर र सुजाता कोइरालाबीच यस्तो सहमति भएको हो।

तीन कोइरालाबीच समसामयीक राजनीतिका विषयमा छलफल भएको र परिवरका तीन सदस्यमध्ये एक जना मात्र सभापतीको उम्मेदवारी बन्ने पक्कापक्की भएको बैठकमा सहभागी नेतृ सुजिता कोइराले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीबीच भद्र हिसावले कुराकानी भयो, पारिवारिक कुराकानी पनि भयो’, लञ्च मिटिङ सकिएपछि सुजाता कोइरालाले भनिन्, ‘महाधिवेशनमा एकजना मात्र उठ्ने कुरा भएको छ। एक हिसावले यसलाई सहमति मान्नुहोस्।’ 

भेटघाटमा महाधिवेशन बाहेक  पार्टी सभापति देउवाले नेतृत्व गरेको सकारमा मन्त्रि बन्ने र बनाउँने विषयमा पनि अनौपचारीक छलफल भएको बताइएको छ ।  कांग्रेस नेतृ सुजाताले वर्तमान मन्त्रिपरिषद्मा आफू सहभागी हुनुपर्ने भन्दै दुई दिनअघि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गर्नुभएको चर्चा छ ।  

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  २ : ४७ बजे