सुनको मूल्यमा नयाँ कीर्तिमान

 पार्टीमा देखिएको विवाद समाधानका लागि एमालेको दोस्रो तहका नेता छलफलमा

काठमाडौँ ।​​​​​​​ पार्टीमा देखिएको विवाद समाधानका लागि छलफल गर्न नेकपा एमालेको दोस्रो तहका नेताहरु आज पनि सामूहिक रुपमा जुटेका छन् ।

एमाले एकताका लागि बनाइएको तर विघटित कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ। एमाले संसदीय दलको कार्यालयमा बिहान ९ :०० बजेदेखि एमालेको दोस्रो तहका नेताहरुबीच छलफल भइरहेको छ । नेताहरुबीच पार्टी र संसदीय दलको बैठक माधव नेपाल पक्षसहित बस्ने उपायको बारेमा कुराकानी भइरहेको जनाइएको छ ।

नेकपा एमालेको स्थायी कमिटी शुक्रबार बसेको बैठकले  विवाद समाधानका लागि गठित कार्यदलले गरेको १० बुँदे सहमति अनुमोदन गरेसँगै कार्यदल विघटन गरेको थियो। 

माधवपक्षीय नेताहरु शुक्रबारको बैठकमा कार्यदलका माधव नेपालसहितको बैठक बोलाउन अध्यक्ष केपी शर्मा अ‍ोली समक्ष माग गर्नुभएको थियो ।
 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ११ : ०० बजे