साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

यी हुन् सहकारी ठगीमा फरार २९ जना

मिसन : एमालेलाई कम्फर्टेवल बनाउने

नेकपा एमालेभित्रको विवाद समाधान गर्ने प्रयास भइरहेको छापाहरुले सार्वजनिक गरेको छ । विवाद समाधान गर्ने कार्यदलको कामको निष्कर्ष बाहिर नआउन्जेल एकता विरोधी अभिव्यक्ति नदिन कार्यदलले भनेको छ । यसो हेर्दा कार्यदलले ठीकै भनेको भान हुन्छ । तर, कार्यदलले एकता विरोधी अभिव्यक्ति मात्रै नदिने भनेको हो गतिविधि गर्न भने छुट दिएको देखिन्छ । अहिलेको राजनीतिक परिदृष्य हेर्दा प्रदिप नेपालले भने जस्तो दोस्रो बरियताका नेताको सक्रियताले एमालेको शुन्दर भविष्य देखाएको तर्क पनि दमदार नहुने देखिन्छ । यो कार्यदल एउटा बुर्जुवाहरुको ‘टाक्स’ बोकेर एमालेलाई ‘कम्फरटेवल’ बनाउन आएको देखिन्छ । प्रत्येक घटनाको विश्लेषण गरौं । प्रदिप नेपालले देखाएको विश्वासलाई समात्न यो कार्यदल सक्षम हुन सकिरहेको छैन । प्रदिप नेपालको कथनी र करनी स्पष्ट छ । उहाँले पार्टी र मन्त्रालयको नेतृत्व गर्दाको कामले प्रष्ट देखाएको छ । तर, अहिले उहाँले आफू जस्तो स्पष्ट हुनुहुन्छ त्यस्तै स्पष्ट शैलीमा प्रसंसा गर्नु भयो । उहाँको प्रसंसा थेग्न योग्य छैन यो कार्यदल ।

नेपालमा कम्युनिष्ट पार्टीको सत्ता हेर्न नचाहने र देशी विदेशीको एउटा संयुक्त मोर्चा छँदैथियो । त्यो मोर्चाभित्रको दरारलाई नगदमा रुपान्तरण गर्दै नेपाली कम्युनिष्टहरु अघि बढ्नु पर्ने मार्गचित्र प्रष्टै छ । त्यसमाथि पनि कम्युनिष्ट पार्टी सरकारमा पुगेपछि अब खाने हाम्रो पालो भन्नेहरुबाट यो अवस्था आएको हो । अहिले केपी शर्मा ओलीमाथि सबै दोष थोपरेर कोही पनि उम्किन सक्ने छैनन् । नेपाल कम्युनिष्ट पार्टीको १५/१५ वर्षसम्म नेतृत्व गर्नु भएका माधवकुमार नेपालको अगाडि गद्धार नलेखेसम्म नेपाली जनताले क्षमा गर्ने छैनन् । नेपाली जनताले वषौंदेखिको संघर्षको फल पाउने अनुभूति गर्ने बेलामा बिरोधीहरुको बुई चढेर पार्टी नेतृत्वलाई नेतृत्वको रुपमा स्वीकार नगर्ने शैली आफैमा कम्युनिष्ट बिरोधी हो । कार्यदलले एकता विरोधी अभिव्यक्ति नदिनु भनिरहँदा नेपाल समूहले जिल्लादेखि केन्द्रसम्म आफ्नो सञ्जाल निर्माण गरिरहेको छ । सायद कार्यदल यो कामलाई सहज भनिरहेको छ । कार्यदलमा नेपाल समूहका व्यक्तिहरुले एकताको अभियान सञ्चालन गरेको भए उनीहरुले देउवालाई दिएको समर्थन फिर्ता लिनु पदथ्र्यो । त्यो अदालतमा बुझाएको हस्ताक्षर आफैमा पार्टी विरोधी थियो । त्यो हस्ताक्षर फिर्ता नलिइकन एकताको कार्यदलमा बस्ने नैतिक अधिकार थियो ? पक्कै थिएन । त्यसकारण आज मैले पनि केही लेख्नै पर्ने महसूस गरेको छु । 

नेकपा एमाले त्यसै एमाले बनेको हो ? मैले पार्टीको इतिहास भन्न खोजिरहेको छैन् । संजय थापाहरुले १७ रुपैया ७५ पैसाको हिसाव बुझाउने पार्टी हो एमाले । केपी शर्मा ओलीले नेतृत्व गरेपछि मात्रै एमाले एमालेको हैसियतमा पुगेको हो । पहिलो संविधानसभामा उपस्थित सांसदहरुले एमाले के हो भाले हो कि पोथी भनेर माननीय सदस्यहरुले संविधानसभामा बोली रहँदा तत्कालिन एमालेका नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालहरु भन्दै हुनुहुन्थ्यो ‘नेक्पा एमाले हुन्छा पनि भन्दैन हुन्दैना पनि भन्दैन, तर स्पष्ट छ ।’ न हाँसको चाल न कुखुराको चालबाट एमाले अघि बढेको समयमा केपी शर्मा ओलीको पार्टीमा उदय भएपछि नेपाली राजनीति एमालेको परिधिभित्र घुम्न थालेको हो । केपी शर्मा ओलीले गर्नु भएको केही काम नेपालको इतिहासमै भएका थिएनन् र छैनन पनि । 

पाँच पूर्व प्रधानमन्त्रीहरुको पालाको कामहरुको धेरै तथ्याङ्क पल्टाउनै पर्दैन बाजुरा लगायतका पश्चिमी केही पहाडी जिल्लाहरुमा हरेक वर्ष झाडा पखालाले मानिस मर्ने गरेका हैनन् र ? चिकित्सकहरुको एउटा टोली र नेपालमै बनेको केही बोरा जीवन जल नपु¥याएको कारण एक हजारभन्दा बढी मानिसहरुले ज्यान गुमाउनु परेको तथ्य त्यहाँको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा भेट्न सकिन्छ । कोरोनाको विश्व आतंकको बेला पनि प्रधानमन्त्री ओलीले राम्रै काम गरेर देखाई दिनुभयो त । सायद भनिरहनु पर्दैन होला पहिलो पिसिआर परीक्षण नेपालले सिङ्गापुर लगेर गरेको थियो । तर, दोस्रो परीक्षण नेपालमै भयो । अहिले नेपालमा झण्डै एक सयको हाराहारीमा पिसिआर परीक्षण केन्द्रहरु छन् । अक्सिजनको अवस्था पनि त्यस्तै रहेछ । नेपालका स्वास्थ्य केन्द्रहरुमा अक्सिजन प्लान्टको त कुरै छाडौं सिलिण्डर पनि पर्याप्त थिएन । अहिले एक सय बेड भएका अस्पतालमा अक्सिजन प्लान्ट राखिने व्यवस्था भएको छ । यस्ता थुप्रै क्षेत्रहरुमा आक्रमक काम भएका छन् । आईसियू, भेन्टिलेटर, शहरमा मात्रै रहेको अस्पताल अब गाउँ गाउँमा पुगेको छ । यस्ता धेरै क्षेत्रहरुमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री भएका बेला केही काम गर्नु भएको छ । त्यो पनि कस्तो अवस्थामा ? जतिखेर आफ्नै पार्टीका नेताहरु बिरुद्धमा लागेको बेला । एमाले अध्यक्ष ओलीको कमजोरी के हो कस कसका साला, भतिजा, भान्जी, बुहारी, जेठान, सम्धीलाई नेताहरुले भनेको ठाउँमा ओलीले नियुक्ति दिएनन भनेर होइन ? विधि प्रक्रिया नमान्नेहरुले विधि, प्रक्रियाको कुरा गरेर होइन यो अवस्था आएको ? आलोचनाको के कुरा गर्ने ? प्रदिप नेपाल सञ्चार मन्त्री भएको बेला उहाँले केही इस्टन्जरहरु गोरखापत्र, रासस र रेडियो नेपालमा राख्नु भएको घटनालाई सञ्चारमन्त्री नेपालले निजलाई गायक बनाई रेडियो नेपाल नियुक्ति दिनु भनेर त्यो समयका सञ्चार माध्यमहरुले लेखेका थिए । यो के हो भने सत्तापक्षले गरेको सबै कामलाई विरोधी देख्ने आँखाहरु पार्टी भित्रै सिर्जना भएर हो । 

सन्दर्भ कार्यदलको छँदैछ । अहिले कार्यदलले माधवकुमार नेपालले गरेको क्षमा गर्न पनि लायक नदेखिएको गल्तीलाई पर्दा हाल्ने काम गरिरहेको छ । आज केपी शर्मा ओली नभएको भए एमाले नामको पार्टीको हैसियत हुने थिएन । पार्टी एकता गर्ने पनि केपी शर्मा ओली नै हो । तर, एकता प्रक्रिया टुङ्गो (महाधिवेशन)–मा पुग्नु अगावै पार्टी अध्यक्षलाई हटाउने षडयन्त्र कति खतरनाक छ ? अहिले सबै उदाङ्गो भएको छ । एमाले अध्यक्ष ओलीले गएको निर्वाचनमा नेकपा एमाले जनताको बहुदलीय जनवादको मार्गदर्शक सिद्धान्तको आधारमा आफ्ना विकासका गतिविधिहरु गर्नेछ भनेर भोट मागेको र जनताले पनि ‘आज हैन भोलीलाई मेरो भोट ओलीलाई’ भन्दै एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवादलाई अनुमोदन गरेका छन् । एमाले अध्यक्षको बढ्दो लोकप्रियतालाई पार्टी भित्रका माधव खनाल समूहले सहन गर्न सकेन् । प्रचण्ड, बाबुराम र शेरबहादुरहरुले पचाउने त कुरै थिएन । नेकपालाई बाहिरबाट भत्काउने कसैको आँट थिएन र भित्रैबाट शुरु गरियो । अझ त्यसमा पनि प्रधानमन्त्री हुँदा भारतीय कब्जामा रहेको नेपाली भूमी समेटेर चुच्चे नक्सा जारी गरेको समयदेखि उहाँ विरोधी गतिविधि संगठित रुपमा आएको छ । त्यसबाहेक पनि व्यक्तिगत आयको मुहान बनाइएको मेलम्चीको पानी काठमाडौंमा वितरण गर्नु, ऐतिहासिक धरहरा र रानीपोखरी पुनर्निर्माण गर्नु, सडक, बिजुली, विमानस्थल सुरुङ्ग मार्ग खानी जन्य क्षेत्रको उत्खननलगायतका क्षेत्रमा भएका आशालाग्दा उपलब्धिहरु देखेर अत्तालिएको देशी विदेशी शक्तिहरुको गठजोडको कारण एमाले अध्यक्ष ओलीको सत्ता बहिर्गमन हो भनेर सबैले बुझेकैछन् । 

प्रधानमन्त्रीबाट एमाले अध्यक्ष ओलीलाई हटाउन पूर्व पाँच प्रधानमन्त्रीहरु त लागे लागे प्रधान न्यायाधीश नामका कुनै तत्व पनि नाङ्गेझार भएर लागेको छ । त्यो तत्वले सम्मानित अदालतको मर्यादा आस्था र विश्वास सबै सिध्याएको छ । सम्मानित अदालतले माग दावी अनुसारको आदेश वा फैसला गर्छ कानुनको प्रष्ट व्याख्या गर्छ भन्ने आम मानिसलाई लागेको थियो । सम्मानित अदालतले संविधानको धारा अनुसारको व्याख्या गर्छ आफ्नो अधिकार क्षेत्रभित्र रहन्छ भन्ने हामीले पढेको बुझेको कुरा हो । तर, प्रधानन्यायाधीश चेलेन्द्र समसेरले राष्ट्रपतिको स्वविवेकको अधिकार खोसी आफैले प्रयोग गरेर अनेक लाञ्छना लगाउँदै शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएकोमा नेपाली जनता झन् निराश बनेका छन् । देश र जनताको इच्छा र आकांक्षालाई कसरी भत्काउन सकिन्छ भनेर पुष्पकमल र माधव नेपालले ओलीको ठाउँमा देउवालाई अघि सारेका हुन् । आम जनतालाई झैँ देउवालाई पनि थाहा छ माओवादी र चोइटो एमालेको दयामा आफू प्रधानमन्त्री बनेको हो भनेर । जुन पार्टीका साँसद आफ्ना लागि आफ्ना बन्न सकेनन् अर्काको लागि के गर्छन ? यो कुरा त देउवालाई पनि थाहा हुनुपर्छ । तर, उहाँको उद्देश्य प्रधानमन्त्री मात्र होइन नेपाली कांग्रेसको चौधौं महाधिवेशनबाट पार्टी सभापति पनि हो । विचरा रामचन्द्रहरु अब झन कमजोर हुन पुगेका छन् । देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने १४६ सांसदमध्ये २३ जना एमालेको चोइटो पनि हो । चोइटो एमालेले विश्वासको मत नदिए पनि आउँदो चौधौं महाधिवेशनसम्म प्रधानमन्त्री बन्न पाए सभापति हुने देउवाको धोको पूरा भयो । 

पहिलो कुरा त देउवा आश मरेका र उर्जाहीन नेता हुनुहुन्छ । यसअघि चारपटक प्रधानमन्त्री हुँदा उहाँले लोकतन्त्रको हत्या नै गर्नु भएको थियो । दरबारमा प्रजातन्त्र बुझाउनु भएका देउवाले आफ्नो इतिहासमा कालो टीका लगाइसक्नु भएकै छ । केपी ओलीजस्तो व्यक्तित्वलाई प्रधानन्यायाधीशरुपी षडयन्त्रबाट विमुख गराएर प्रधानमन्त्री देउवाले आउँदो चैतसम्म निर्वाचन पु¥याउने योजना बनाउनु भएको छ । त्यसलाई पूरा गर्न देउवाले फेरि पनि तिनै जबराको सहारा लिनुहुने देखिएको छ । संवैधानिक व्यवस्थाअनुसार देउवाले एक महिनाभित्र विश्वासको मत लिनुपर्छ । विभीषणको रुप धारण गरी कम्फर्टेबल सरकार बनाएपछि अब माधव नेपालको मिसन एमालेलाई कम्फर्टेवल बनाउने रहेको छ । त्यही अभियानको एउटा टोली हो कार्यदल । अहिलेसम्मको कार्यदलको गतिविधि हेर्दा कार्यदलले जहिले पनि एमाले अध्यक्ष ओलीलाई नै कमजोर बनाउन र देखाउन लागिपरेको छ । नेपाल जहिल्यै पनि बैठकमा नआउने उनकै लागि बैठक पर सार्नु पर्ने, पार्टी विरोधी गतिविधि गर्दा कार्यदलले एकता अभियान भन्दै नेपालका अभियानहरु सफल बनाउदै लगेको देखिन्छ । एमाले अध्यक्षलाई पछि पार्दै गएको देखिन्छ । अब त्यो कार्यदलको मिसन पनि स्पष्ट देखिन थालेको छ । त्यो हो कम्फर्टेवल एमाले । कम्फर्टेवल सरकार पछि त्यो शक्तिको आक्रमण कम्फर्टेवल एमाले बनाउने मिसनलाई एमाले संस्थापन पक्षले बेलैमा चिन्न जरुरी छ । नेकपा एमालेलाई देशी, विदेशी कम्युनिष्ट विरोधीहरुका लागि कम्फर्टेवल बनाउनबाट रोक्न अहिले देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्नेहरुको सहज विदाई अपरिहार्य देखिन्छ । 

माधवकुमार नेपालको कारण कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि एमालेभित्र कार्यदलको औचित्य सकिएको छ । त्यसैकारण पनि नेकपा एमाले स्थायी कमिटी बैठकले कार्यदलको औचित्य समाप्त भएको ठहर गर्दै कार्यदललाई भंग गरेको छ । अहिले शेरबहादुर देउवालाई सहयोग गर्नेहरुले राष्ट्रियसभामा गरेको अन्तरघातको कार्वाही हुन बाँकी नै रहेको छ । उनीहरुलाई स्पष्टिकरण सोध्ने चित्तबुझ्दो जवाफ नआएमा निष्काशनमा लैजाँदा वेश हुन्छ । यसो भएमा मात्रै एमाले प्रतिनिधिसभाको निर्वाचनमा जानुको अर्थ हुन्छ । यही अन्तरघाती टीम लिएर निर्वाचनमा जानुको कुनै अर्थ नरहने भएकाले अब पार्टी आफ्नो घाउको बेलैमा उपचार गर्नु राम्रो हुन्छ । घाइते अवस्थामा निर्वाचनको युद्ध जित्न सकिन्न । 

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १० : ४४ बजे