सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रदेश नं. २ का जसपाका दुई मन्त्रीले दिए राजीनामा, माओवादीबाट मन्त्री थपिँदै

जनकपुरधाम । प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोजसिंह कुशवाहाले राजीनामा दिएका छन् ।

सत्तारुढ जसपा अध्यक्ष उपेन्द्र यादवले नेकपा (माओवादी केन्द्र)लाई सरकारमा सहभागी गराउन दुवै जनालाई राजीनामा गर्न लगाउनुभएको हो । दुवै  जना मन्त्रीले मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाइसक्नुभएको बुझिएको छ ।

माओवादी केन्द्र प्रदेश नं. २ को संसदीय दलका नेताका भरत साहको नेतृत्वमा आज माओवादी सरकारमा सहभागी हुने तयारी छ । माओवादीका तर्फबाट साह मन्त्री र रुवी कर्ण राज्यमन्त्री बन्ने सहमति छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ९ : ५१ बजे