सुनको मूल्यमा नयाँ कीर्तिमान

सर्वोच्चको निर्णयविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने एमालेको निर्णय

काठमाडौं– नेकपा एमालेले सर्वोच्च अदालतको फैसलाले निर्दलीयता लाद्न खोजेको भन्दै देशैभर भण्डाफोर अभियान संचालन गर्ने भएको छ ।

संसदीय दलको बैठकले सर्वोच्चको निर्णयविरुद्ध भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिनुभयो ।

 ‘आजसम्म दुनियाँमा अदालतले प्रधानमन्त्री तोक्ने कुरा कहीँ पनि गरेको छैन । संसद विघटन बेठिक हो भनेर पुनस्स्थापना गरेको भए त्यो मान्न सकिन्थ्यो, भट्टराईले पत्रकारसँग भन्नुभयो, ‘ एउटा दलबाट निर्वाचित भएर अर्को दलमा हस्ताक्षर गर्ने अर्को दलको नेतालाई समर्थनमा जानुलाई नैतिकता ठहराउने काम संसदीय व्यवस्थाको विरोधमा छ । संविधान, लोकतन्त्र र दलीय व्यवस्थाको रक्षार्थ अभियान चलाउनुपर्छ भन्ने पार्टीको निष्कर्ष छ ।’

बैठकले बाढी पहिरोमा ज्यान गुमाउने तथा कोभिडमा ज्यान गुमाएका प्रति श्रद्धान्जली र शोक सन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । घाइतेको उपचारको लागि एमाले संसदीय दलले सरकारसँग माग गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ५ : २२ बजे