काठमाडौंमा खोप अभियान स्थगित

काठमाडौं । काठमाडौं जिल्लामा सञ्चालन भइरहेको कोरोनाभाइरस विरुद्धको खोप अभियान स्थगित भएको छ । कोरोनाविरुद्धको भेरोसेल खोप असार २९ गतेदेखि साउन २ गतेसम्म सञ्चालन गर्ने भनिएपनि खोप सकिएपछि खोप कार्यक्रम स्थगित गरिएको जिल्ला स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै जानकारी दिएको हो ।

साउन २ गते अर्थात भोलिसम्म सञ्चालन गर्न भनिएको खोप अभियान स्थगित गरिएको स्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ । अर्को सूचना जारी नभएसम्मका लागि भेरोसेल खोप पहिलो मात्रा लगाउने कार्यक्रम स्थगित भएको प्रमुख जनस्वास्थ्य प्रशासक बद्री बहादुर खड्काले जानकारी दिए ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : ४५ बजे