सुनको मूल्यमा नयाँ कीर्तिमान

महाधिवेशनको छलफल गर्न बालुवाटारमा बस्यो काँग्रेस पदाधिकारी बैठक

काठमाडौं । नेपाली काँग्रेस पदाधिकारी बैठक जारी छ । काँग्रेस पदाधिकारी बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको काँग्रेसका पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभएको हो । काँग्रेसको जारी बैठकमा आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल केन्द्रीत रहने बताइएको छ ।

काँग्रेसको जारी बैठकमा आसन्न चौधौं केन्द्रीय महाधिवेशन र क्रियाशील सदस्यताबारे छलफल केन्द्रीत रहने बताइएको छ । काँग्रेसले असार मसान्तसम्ममा क्रियाशील सदस्यताको टुंगो लगाइसक्ने बताउदै आएको थियो । यसैगरी आगामी भदौको तेस्रो हप्तासम्ममा काँग्रेसको चौधौं महाधिवेशन सम्पन्न गर्ने बताउँदै आए पनि समयमै सम्पन्न हुन नसके अन्य विकल्पहरुबारे पनि तयार रहनुपर्ने स्वयम् काग्रेसका नेताहरुले बताउदै आउनुभएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ४ : १३ बजे