सुनको मूल्यमा नयाँ कीर्तिमान

विपक्षी दल भएपछि एमालेले गरयो यस्तो निर्णय (पूर्णपाठसहित)

काठमाडौं– प्रमुख विपक्षी दल भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटीको बैठक शुक्रबार बसेको छ । अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा तुलसीलाल स्मृति प्रतिष्ठान, च्यासल ललितपुरमा बसेको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतको फैसलासँगै अब पार्टीले प्रमुख प्रतिपक्षका रुपमा रहेर देश, जनता र लोकतन्त्रको पक्षमा सशक्त र प्रभावकारी भूमिका खेल्ने बताउनुभयो ।

बैठकले सर्वोच्च अदालतको फैसलाका सम्बन्धमा पार्टी दृष्टिकोण स्पष्ट पारेको छ । एमालेले भनेको छ, ‘फैसलाले नेपालको संविधानको अक्षर र भावना, हामीले अवलम्बन गरेको बहुलवादमा आधारित बहुदलीय प्रतिस्पर्धात्मक सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक संसदीय शासन प्रणाली, शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलनको सिद्धान्त तथा सार्वभौमसत्ता र राजकीयसत्ता नेपाली जनतामा निहीत रहेको संविधानको आधारभूत प्रस्थापनालाई अतिक्रमण गर्दै तिनलाई कमजोर तुल्याएको छ ।’

एमालेले पार्टीमा विद्यमान समस्या समाधान सम्बन्धमा सुझाव दिन गठित कार्यदलले तयार गरी बैठक समक्ष प्रस्तुत गरेको प्रस्तावलाई ग्रहण र अनुमोदन गर्ने निर्णय गरेको छ ।

​​​​​​​

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ५२ बजे