प्रधानमन्त्री देउवालाई चिनियाँ राजदूतको बधाई

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई उत्तरी छिमेकी चीनले राजदूतमार्फत बधाई दिएको छ । राजदूत होउ यान्छीले शुक्रबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटार पुगेर बधाई तथा शुभकामना व्यक्त गरिन् ।

भेटमा राजदूत यान्छीले देउवाको कार्यकालमा नेपाल र चीनबीचको मैत्रीपूर्ण सम्बन्ध थप प्रगाढ बनाउने लगायतका द्धिपक्षीय हितका विविध चासोमा छलफल समेत भएको थियो । साथै, राजदूत यान्छीले कोभिड–१९ महामारी र विकासका क्षेत्रमा नेपाललाई सघाउन चीन तयार रहेको समेत प्रतिबद्धता जनाएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ३ : ४४ बजे