सुनको मूल्यमा नयाँ कीर्तिमान

देउवा सरकारलाई विश्वासको मत नदिने एमाले स्थायी कमिटीको निर्णय

काठमाडौं । प्रमुख विपक्षी दल नेकपा एमालेले सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ ।

स्थायी कमिटी शुक्रबार दिउँसो बसेको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको हो ।

बैठकले कार्यदलको प्रतिवेदन अनुमोदन गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो–पार्टीले प्रतिपक्षमा उभिने निर्णय गरेको छ । कोही साथीहरु सरकारको पक्षमा उभिनु हुन्छ भने सर्वोच्च अदालतले त्यो बाटो खुला गरिदिएको छ उहाँहरु जान सक्नुहुन्छ । तर पार्टीले सबै प्रतिनधिसिभा सदस्यलाई विश्वासको मत नदिन निर्देशन गरेको छ । कोही उता जानु भयो भने व्यक्तिगत निर्णय हुनेछ ।

 

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ५८ बजे