यस्तो छ आजको विनिमय दर

राष्ट्रपतिद्वारा संकल्प पूजा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संकल्प पूजा गर्नुभएको छ । राष्ट्रपति कार्यालयमा बिहीबार राष्ट्रपति भण्डारीले संकल्प पूजा गर्नुभएको राष्ट्रपतिका स्वकीय सचिव डा. भेषराज अधिकारीले जानकारी दिनुभयो ।

विशेष गरेर ईन्द्रजात्राको दिन रथमा विराजमान गरि नगर परिक्रमा जात्रा मनाइने जीवित देव देवीहरु उमेर हदबन्दी भए पश्चात परिवर्तन गर्ने प्रचलन रहि आएको मा पछिल्लो समयमा जीवित देवता श्री भैरव (रुजन शाक्य) तथा श्री गणेश (संवेग शाक्य) समय परिस्थिति र उमेरको हदका कारण युवा अवस्थामा प्रवेश गरेकाले नियमानुसार उहाँहरुलाई विदाई गरि श्री गणेश (रोदिन शाक्य) तथा श्री भैरव (कर्सनव शाक्य) नयाँ नियुक्त गरि प्रतिस्थापन गरिएको हो ।

परापूर्वकालदेखि ऐतिहासिक, साँस्कृतिक पर्वको रुपमा मनाइँदै आएको ईन्द्रजात्राको अवसरमा जीवित देव दवी गणेश, भैरव तथा कुमारी लाई रथमा विराजमान गराई नगर परिक्रमा गरि जात्रा मनाइने परम्परा रहि आएको छ ।

परम्परा अनुसार जीवित देव, देवताहरु श्री कुमारी, श्री भैरब तथा श्री गणेश प्रतिस्थापन गर्दा राष्ट्रप्रमुख बाट देशमा कुनै विघ्न बाधा तथा संकट नआउन भन्ने हेतु ले संकल्प पुजा प्रचलन रहि आएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : २६ बजे