सुनको मूल्यमा नयाँ कीर्तिमान

संगठन निर्माणसँगै रचनात्मक प्रतिपक्षमा रहन्छौं : अध्यक्ष ओली

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अदालतको परमादेशबाट नयाँ सरकार गठन भएको जनाउँदै अब आफूहरु सक्रिय एवं रचनात्मक प्रतिपक्षमा रहने बताउनुभएको छ । तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा शुक्रबार बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष ओलीले संगठन निर्माणलाई प्राथमिकता दिदै रचनात्मक कार्यमा अगाडि बढने बताउनुभएको हो । 
प्रधानमन्त्रीबाट बाहिरिएपछि पहिलोपटक कार्यक्रममा सहभागि हुनुभएका अध्यक्ष ओलीले राष्ट्रियता, लोकतन्त्र, राष्ट्रिय छवि निर्माण, विकास निर्माण र समृद्धिका लागि पार्टी निरन्तर सक्रिय रहने बताउनुभयो ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा आयोजित बैठकमा अध्यक्ष ओलीले आफूहरु कुनै आवेग र उत्तेजनामा नआउने पनि स्पष्ट पार्नुभयो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १ : ०१ बजे