साफ यू–१७ च्याम्पियनसिप आजदेखि

उन्नाइस वर्षीया महिलालाई जबरजस्ती करणी गर्ने २ जना पक्राउ

पर्सा – उन्नाइस वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका-२१ बस्ने ३० वर्षीय सुनिल महत्तो र पोखरिया नगरपालिका-६ बस्ने २५ वर्षीय शिववालक महत्तो रहेका छन् ।

काठमाडौं कलंकीबाट असार २७ गते विहान बुटवल जाने भनि २ वर्षीय छोरा सहित ना.५ ख २८७० नम्बरको ट्रकमा गएकी महिलालाई सोही ट्रकका चालक सुनिलले चितवन रामनगरसम्म ल्याई जबरजस्ती करणी गरी असार २९ गते दिउँसो पुन ना.६ ख ३३६९ नम्बरको ट्रकमा चढाइ पठाएको खुल्न आएको छ । साथै उक्त ना.६ ख ३३६९ नम्बरको ट्रकका चालक शिववालकले वुटवल जाने भनि वीरगंजतर्फ लगि शिववालक, सोही ट्रकका सहचालक र अर्को एक व्यक्ति समेतले पटक-पटक जबरजस्ती करणी गरी असार ३० गते वीरगंज महानगरपालिका-१७ स्थित ड्राईपोर्टमा ओराली अलपत्र पारी छोडेको अवस्थामा प्रहरी चौकी सिर्सियाबाट गस्तीमा खटिएको प्रहरीले उद्दार गरेको थियो । तत्पश्चात जिल्ला प्रहरी कार्यालय पर्सामा ल्याई थप अनुसन्धान गर्ने क्रममा दुवै ट्रक चालक लगायतका व्यक्तिहरुले जबरजस्ती करणी गरेको खुलेपश्चात उनीहरुलाई पक्राउ गरेको हो ।

घटनामा संलग्न अन्य २ जना फरार व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : ५९ बजे