काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक चलिरहेका बेला माधव नेपाल पक्षधर दोस्रो तहका नेताहरू तुल्सीलाल स्मृति भवनमा पुगेका छन् । बैठकमा सहभागी हुन भीम रावल, सुरेन्द पाण्डे, गोकर्ण बिष्ट, भीम आचार्य लगायतका नेताहरु हलभित्र पसेका छन् ।
वार्ता टोली संयोजक भीम रावलसहितका नेताहरु पार्टी बैठक चलिरहेका बेला अध्यक्ष ओलीलाई भेट्न भन्दै च्यासल पुगेका हुन् । अर्का नेता भीम आचार्यले आजको बैठक रोकेर सहमतिमा अर्को बैठक बोलाउन सुझाव दिन आफूहरु आएको बताएका छन् ।
प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार १२ : ४२ बजे
प्रतिक्रिया