सुनको मूल्यमा नयाँ कीर्तिमान

नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु 

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ । 

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य प्रतिष्ठानको कार्यालयमा स्थायी कमिटी बैठक सुरु भएको एमाले केन्द्रिय सदस्य एवम् पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।  ।

उहाँले आजको बैठकमा पार्टी एकताका लागि कार्यदलले गरेको १० बुँदे सहमतिमाथि छलफल गर्दै अनुमोदन हुने, सर्वोच्च अदातलको फैसला तथा संसद्मा पार्टीको भूमिका र पार्टीको सांगठनिक कामबारे छलफल हुने जनाकारी दिनुभयो ।

बैठकको शुरुआत गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतको परमादेशबाट जनताको समर्थन प्राप्त सरकार ढालिएको भन्दै एमाले अब आफ्ना नीति, विचार र कार्यक्रम लिएर जनताबीच जाने बताउनुभयो । 

अध्यक्ष ओलीले अदालतको आदेशले गठबन्धनको सरकार बने पनि जनमत एमालेको पक्षमा रहेको भन्दै संगठन र संघर्षलाई मुख्य प्राथमिकता दिइने  बताउनुभएको छ ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  १२ : १६ बजे