‘एउटै नाउरको सिकार गर्न २३ लाख’

लुम्बिनी प्रदेश सरकारले ल्यायो अध्यादेशबाट बजेट

रुपन्देही ।  लुम्बिनी प्रदेश सरकारले अध्यादेशबाट बजेट ल्याएको छ । 

आज बिहान बसेको मन्त्रिपरिषद बैठकले गरेको सिफारिसका आधारमा प्रदेश प्रमुख  धर्मनाथ यादवले लुम्बिनी प्रदेश विनियोजन अध्यादेश–२०७८ र लुम्बिनी प्रदेश आर्थिक अध्यादेश जारी गर्नुभएको हो । 

प्रदेश सरकारको सिफारिसमा लुम्बिनी प्रदेश प्रमुख यादवले दुई वटा अध्यादेश जारी गरेसँगै सरकारलाई अध्यादेशबाट बजेट ल्याउन बाटो खुलेको हो ।

सरकारले सदनमा पेश गरेको बजेटलाई नै अध्यादेशमार्फत जस्ताको तस्तै ल्याइएको आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले बताउनुभयो । उहाँका अनुसार राजकाज नै नचल्ने गरी अवरोध आएपनि अध्यादेश ल्याउनुपरेको बताउनुभयो । 

उहाँले आजैबाट प्रदेशभरी भैपरी आउने खर्च र उठाउनुपर्ने राजश्व नै अन्यौलमा पर्ने अवस्था आएपछि अध्यादेश ल्याउनुपरेको बताउनुभयो ।

सहमतिमा बजेट पास गर्न बिहीबार विपक्षीलाई गरेको आग्रह तथा थप समय माग्दा विपक्षीले नदिएपछि एमालेले सदन बहिस्कार गरेर बाहिरिएको थियो । सरकारले बिहीबार राती नै बजेट अधिवेशन अन्त्य गरेकाने थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ११ : ४२ बजे