सुनको मूल्यमा नयाँ कीर्तिमान

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा अहिले बिहान बालुवाटारस्थित सरकारी निवास सर्दै हुनुहुन्छ ।

प्रधानमन्त्री देउवा आज बिहान ९ बजेर ५७ मिनेटको शुभ साइतमा बालुवाटार सर्ने स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपनि उहाँ निजी निवास बुढानीलकण्ठमै बस्दै आउनुभएको थियो । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै बुधबार निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुभएको थियो ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ९ : २३ बजे