‘नेशनल डे कन्सर्ट’ सम्पन्न

ओली नीति : गलत सोच र प्रवृति त्यागेर आउने सवैलाई एमालेमा स्वागत

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीलाई मान्यता नदिई नेकपा एमाले र नेकपा माओवादी केन्द्रकै अवस्थामा फर्कन आदेश दिएपछि त्यसको कार्यान्वयन शुरु भएको छ । हिजो बसेको माधव–प्रचण्ड समुहको बैठकले उक्त समुहमा रहेका एमाले नेताहरुलाई एमालेमै फर्कन र माओवादी केन्द्रका नेताहरुलाई माओवादीमै फर्किने निर्णय गरयो । उक्त निर्णयसँगै अब एमाले र माओवादी केन्द्र पुर्णत अलग अलग भएका छन् । त्यसो त मुलधार छोडेर प्रचण्डको पछि लाग्नुभएका माधव नेपाल, झलनाथ खनाल सहितका केही नेता र सांसदहरु आफ्नो मुलपार्टी एमाले मै फर्किनुभएको छ भने प्रचण्ड सहितको माओवादी केन्द्रले आफनो पुर्वपार्टी ब्युँताएको छ । 

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीबिरुद्ध सत्ता र स्वार्थको राजनीति गर्नुभएका प्रचण्ड माधवहरु यो षडयन्त्रमा पुर्णत असफल हुनुभएको छ । यो असफलता स्वभाविक थियो किनभने ओलीको तुलनामा प्रचण्ड र माधव नेपाल धेरै बिषयमा कमजोर हुनुहुन्छ ।

सर्वोच्चले संसद पुर्नस्थापना गर्दा अदालतले निश्पक्ष न्याय सम्पादन गरयो भनेर लड्डु खाने प्रचण्ड माधव नेपालहरु अहिले त्यही अदालतले गरेको अर्को फैसला राजनीतिक भयो निश्पक्ष भएन भन्दै रोइलो गरिरहनुभएको छ । आफू अनुकुलको फैसला आए न्यायलयको प्रशंसा गर्ने र प्रतिकुल आए यसको आलोचना गर्ने प्रचण्ड माधवको प्रवितिले नै उहाँहरुको राजनीतिक स्तर प्रदर्शन गर्छ ।

जबकी प्रधानमन्त्री ओलीले दुईवटै फैसलालाई स्वीकार गर्दै त्यसको कार्यान्वयन गर्नुभएको छ । अदालतको फैसला बमोजिम आफनै अध्यक्ष ओलीबिरुद्ध प्रचण्ड र विदेशी शक्तिको समेत परोक्ष गठबन्धन बनाएर जसरी माधव कुमार नेपाल, झलनाथ खनालहरु अघि बढनुभयो त्यो सानोतिनो, क्षमायोग्य कमजोरी र गल्ती होइन् । त्यो ऐतिहासिक महाभूल हो । जसले कम्युनिष्ट पार्टीलाई मात्रै होइन विकाशको गति समातेको राष्ट्रलाई समेत ठुलो धक्का पुरयायो । त्यसैले माधव कुमार नेपाल, झलनाथ खनाल लगायतका नेता र सांसदहरु प्रचण्ड छोडेर एमालेमा फर्किदै गर्दा गलत सोच, पद्धति, निहित स्वार्थ छाडेर फर्किनु पर्दछ । 

त्यसैपनि अध्यक्ष तथा प्रधानमन्त्री ओलीको सामना गर्न माधव कुमार नेपाल, झलनाथ खनाललाइ गाहो छ किनकि अत्यन्तै तल्लो स्तरमा पुगेर ओलीबिरुद्ध उहाँहरुले अनैतिक ‘ग्याङ्ग’ निमार्ण गर्नुभयो । उक्त गलत प्रयास असफल भएपछि उनै ओली समक्ष पुगेर उहाँकै मातहतमा बसेर फेरि देश र पार्टीका निम्ती काम गर्नुहोला भनेर विश्वास गर्ने आधार निकै कम देखिन्छ । त्यसको अर्थ गल्ती महसुस गरेर पार्टीमै फर्किन्छु भन्नेहरुलाई अस्विकृत गर्नुपर्छ भन्ने पनि होइन । माधव नेपाल, झलनाथ खनाल लगायतका प्रचण्डको फेर समाउन पुगेका त्यस समुहका नेता र सांसदहरुले एमालेमा फर्किदै गर्दा आफुले गरेका गल्ती र अध्यक्ष तथा प्रधानमन्त्रीबिरुद्ध गरेका अत्यन्तै गलत टिप्पणीप्रति पहिलो बैठकमै क्षमा याचना गर्नुपर्दछ । गल्ती नै महसुस नगरि फेरिपनी प्रधानमन्त्री एवं अध्यक्ष ओलीबिरुद्ध षडयन्त्र गर्ने र त्यस्ता हर्कत गर्ने सोच हो भने तिनको बेलैमा पहिचान हुनुपर्दछ ।

अहिलेको समय नेकपा एमालेलाई अझै एकताबद्ध र बलियो बनाएर अघि बढने हो । माओवादी केन्द्र नामको कम्युनिष्ट पार्टी अन्तत सानो एउटा गुटको रुपमा मात्रै रहने देखिन्छ । जसको नेतृत्व प्रचण्डले गर्नुहुनेछ किनकि प्रधानमन्त्री ओलीसँग पुर्व माओवादी केन्द्रका नेताहरु राम बहादुर थापा ‘बादल’, टोप बहादुर रायमाझी, लेखराज भटट, मणि थापा लगायतका नेताहरु हुनुहुन्छ । जसले प्रचण्डको गलत प्रबृत्तिविरुद्ध ओलीलाई अन्तिमसम्म समर्थन गर्नुभयो । त्यसैपनि प्रचण्ड सवैबाट एक्लिदै जानुभएको थियो । त्यसमाथी अहिले झनै नराम्ररी बल्डयांङ्ग खानुभएको छ । अहिले पनि पुर्व माओवादी केन्द्रमा रहेका कतिपय नेताहरु एमालेमा आउन ईच्छुक देखिएका छन जसलाई अध्यक्ष एवं प्रधानमन्त्री ओलीले स्वागत गर्नुपर्छ र एमालेलाई नेपालको कम्युनिष्ट आन्दोलनको एकमात्र प्रभावशाली शक्तिका रुपमा स्थापित गर्नुपर्दछ । 

इतिहासमा कस्को योगदान कति थियो भन्ने एउटा पक्ष छदैछ वर्तमानमा खेलिएका भूमिका र पुरयाइएका योगदानलाई पनि मुल्यांकन  गरि माधव, प्रचण्ड लगायतका सबैमा जिम्मेबारी नयाँ ढंगबाट तोकिनुपर्दछ । हिजो प्रचण्डसँग मिलेर माधव नेपाल, झलनाथ खनालहरुले ओलीबिरुद्ध गरेको निषेधको राजनीतिलाई प्रधानमन्त्री ओलीले बिर्सिदिएर उहाँहरुलाई पार्टीको काममा लगाउनुपर्दछ । माओवादी केन्द्रबाट आउन चाहने नेतालाई स्वागत गदै उचित जिम्मेवारी दिनुपर्दछ । त्यसो भयो भने नेपालमा कम्युनिष्टहरुको अवसान हुँदैछ भन्ने खालको जुन संकथन निमार्ण गरिदैछ त्यो गलत सावित हुनेछ । प्रधानमन्त्री ओलीले लिएको समृद्ध नेपालको लक्ष्य पनि पुरा हुनेछ । नेपालको तस्विर बदलिने छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ७ : २५ बजे